+
+

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १६:३९
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताए । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने उनले बताए । त्यसपछि एमाले सांसदहरु सिटबाट उठेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको समस्या प्रतिनिधिसभामा नै निरुपण हुने भन्दै राष्ट्रियसभा सञ्चालन गर्न दिन माग गरे । तर एमाले सांसदहरु सिटमा उठिरहेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?