+
+

पाकिस्तानको निमन्त्रणमा अफगानिस्तानका छिमेकी मुलुकको बैठक हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १७:२४

२३ भदौ, काठमाडौं । अफगानिस्तानका छिमेकी मुलुकका विदेशमन्त्रीबीच आज भर्चुअल बैठक हुँदैछ । यो बैठकको अध्यक्षता पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले गर्दैछन् ।

पाकिस्तानको विदेशमन्त्रालयले दिएको जानकारी अनुसार यो अनलाइन बैठकमा चीन, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान र उज्वेकिस्तानका विदेशमन्त्री सहभागी हुनेछन् ।

अफगानिस्तानको अवस्थाबारे चर्चा गर्नको लागि हुन गइरहेको यो बैठक पाकिस्तानको निमन्त्रणामा हुन लागेको हो । पाकिस्तानको विदेशमन्त्रालयले भनेको छ, ‘यो बैठकमा अफानिस्तानमा उत्पन्न भएको अवस्थामा क्षेत्रीय स्थिरता र समृद्धि सुनिश्चित गर्न साझा चुनौती र नयाँ अवसर पहिचान गर्ने विषयमा चर्चा हुनेछ ।’

अफगानिस्तानमा तालिबानले सरकार घोषणा गरेको एक दिनपछि छिमेकी मुलुकबीच यो वार्ता हुन गइरहेको हो । यो बैठकमा तालिबानको सरकारलाई मान्यता दिने वा नदिने भन्ने विषयमा पनि चर्चा हुन सक्ने अपेक्षा छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?