+
+

असोज १ देखि देशभर दशैं लक्षित ८१ वटा सहुलियत पसल सञ्चालन हुने 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १८:२४
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । सरकारले असोज १ गतेदेखि देशभर दशैं लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत देशभर ८१ वटा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी असोज १ गतेबाट काठमाडौं उपत्यकासहितका ४० जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४३ वटा र बाँकी ३८ वटा सहुलियत पसल साल्ट ट्रेडिङले सञ्चालन गर्ने जानकारी दिएको हो । ती पसल असोज २४ गतेसम्म सञ्चालन हुनेछन् ।

दशैं लक्षित सहुलियत पसल सञ्चालन गर्न मन्त्रालयबाट परिपत्र भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । मन्त्रालयबाट पत्र आएपछि छुट पसलमा हुने वस्तु र छुट हुने रकमको टुंगो लागेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

‘मन्त्रालयबाट पत्र पाएपछि हामीले आज कुन वस्तुमा कति छुट भन्ने तय गरेका छौं । उपभोक्ताले सबै खाले खाद्यवस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट दिने निर्णय कम्पनीले गरेको छ,’ सूचना अधिकारी न्यौपानेले भनिन् ।

खाद्य कम्पनीको निर्णयअनुसार कम्पनीको सहुलियत पसलमा खसी र च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ । नून प्रतिकिलोमा दुई रुपैयाँ छुट पाइनेछ भने चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरीको र सनफ्लावरको तेलमा प्रतिलिटरमा ५ रुपैयाँ र भटमासको तेलमा लिटरमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीले जनाएको छ ।

यस वर्ष कम्पनीले दशैंका लागि तीन हजार खसीबोका र च्यांग्रा खरिद गर्ने प्रारम्भिक तयारी गरेको छ । गत वर्ष उच्च मूल्यका कारण च्यांग्रा ल्याउन नसकिए पनि यस वर्ष १६ सय खसीबोका र १४ सय च्यांग्रा ल्याउने गरी अध्ययन शुरु भएको सूचना अधिकारी न्यौपानेले बताइन् ।

खाद्यको काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल हुनेछ भने अन्य ३९ पसल उपत्यका बाहिरका ४० जिल्ल्लामा सञ्चालनमा आउनेछन् ।

यता साल्ट ट्रेडिङले भने सहुलियत पसल संख्या मोटामोटी तय भए पनि बिक्री गर्ने वस्तु र छुटबारे भने निर्णय भइनसकेको जनाएको छ । गत वर्ष जस्तै उपत्यकासहित देशभर ३८ वटा स्थानमा पसल राख्ने तय भएको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए ।

‘मन्त्रालयको सूचना आज पाएका छौं, गत वर्ष खुलैकै संख्यामा पसल सञ्चालन गर्छौं तर कुन वस्तुमा कति छुट भन्ने निर्णय गर्न बाँकी छ,’ राजभण्डारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?