+
+

कांग्रेस महाधिवेशन भदौ १८ गतेदेखि सुरु भएको निर्वाचन आयोगमा पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १२:४१
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले भदौ १८ गतेदेखि नै कांग्रेसको १४औ महाधिवेशन सुरु भएको निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

निर्वाचन आयोगका सहायक-प्रवक्ता कोमलप्रसाद धमलाले बुधबार (हिजो) नेपाली कांग्रेसले आयोगलाई पत्र पठाउँदै महाधिवेशन सुरु भएको जानकारी गराएको बताए ।

उनले भने, ‘कांग्रेसले भदौ १८ गतेबाट महाधिवेशन सुरु भएको बुधबार (हिजो) औपचारिक रुपमा आयोगलाई पत्रमार्फत जानकारी गराएको छ । पत्रमा क्रमिक रूपमा गर्दै जाने भनिएको छ।’

कांग्रेसको महाधिवेशन तालिका अनुसार भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भएको हो । संविधानमा व्यवस्था भएबमोजिम पाँच वर्षभित्र केन्द्रीय महाधिवेशन गराइसक्‍नु पर्ने थियो ।

विशेष अवस्थाका कारण थप गर्न पाउने ६ महिनाको म्याद पनि बुधबारदेखि सकिएको छ । सोही कारण अधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको आयोगलाई जानकारी गराइएको हो । कांग्रेसले १४औँ महाधिवेशन आउँदो मंसिर ९-१३ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?