+
+

राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १३:१६

२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।

बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए । गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् ।

त्यसपछि राष्ट्रियसभाले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश हुँदा एमाले सांसदहरु रोष्टम अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए । एमाले सांसदहरुले शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?