+
+

नारायणहिटी परिसरमा ‘ऐतिहासिक शासकीय संग्रहालय’को निर्माण शुरु गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १६:५७

२५ भदौ, काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा ‘ऐतिहासिक शासकीय संग्रहालय’ निर्माण शुरु गर्ने भएको छ ।

शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नारयणहिटी परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालय निर्माण शुरु गर्ने घोषणा गरेका हुन् ।

योगमायादेखि हालसम्मका शहीद, नेपालको ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध र मधेश आन्दोलनका शहीद तथा अग्रज राजनीतिक नेतृत्वको इतिहास समेट्ने गरी बजेट विनियोजन गरेको उनले बताए ।

यस्तै मुलुकको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक संग्रहालय स्थापना गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?