+
+

राष्ट्रिय सहमतिको आधारमा एमसीसीबारे निर्णय गर्नुपर्छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १९:११

२५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिको आधारमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि नयाँ बानेश्वरस्थित संसद भवन नयाँ वानेश्वर परिसमार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

‘एमसीसीलाई राष्ट्रिय सहमतिको आधारमा त्यस विषयमा निर्णय गर्नुपर्छ । र मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्छ’ उनले भने ।

‘मन्त्रालयको भागबण्डा मिलाउन बाँकी’

सरकारले पूर्णता दिने सन्दर्भमा दलहरुका बीचमा भागवण्डा मिलाउनै बाँकी रहेको उनले बताए ।‘अब सरकारलाई पुर्णता दिने तयारीमा लागेका छौँ तर, मन्त्रालयको भागबन्डा मिलाउन बाँकी नै छ ।’ उनले भने ।

प्रतिस्थापन विधेयक आवश्यक भएर ल्याइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?