+
+

स्वास्थ्य मन्त्रालयले भन्यो- बीपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक भएको प्रमाण प्राप्त भएन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १४:०६
बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी

२७ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कानूनी प्रक्रिया शुरु भइसकेको जनाएको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी प्रतिष्ठानका उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिको ६ नम्बर बुँदामा लेखिएको छ, ‘उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकोले प्रचलित कानून बमोजिमको प्रक्रिया शुरु भइसकेको छ ।’ तर गिरीले आफ्नो नामको अगाडि प्रा. डा. लेख्दै आएका थिए ।

प्रतिष्ठान शुद्धीकरण अभियान चलाउँदै आएकाहरुले गिरीले कीर्ते प्रमाण बनाइ काम गर्दै आएको दाबी गर्दै पदमुक्त गर्न माग गर्दै आएका थिए । मन्त्रालयका प्रतिनिधि र आन्दोलनरत पक्षबीच १९ साउनमा ६ बुँदे सहमति भएको थियो । सहमतिपछि आंशिक रुपमा आन्दोलन फिर्ता भएको थियो ।

प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक भइसक्दा पनि दोषी देखिएका पदाधिकारीहरुमाथि कारबाही नभएको भन्दै संघर्ष समितिले परीक्षा बाहेकका सेवा बन्द गरेको छ ।

मन्त्रालयका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गर्दै अधिकांश मागहरु सम्बोधन भइसकेको र केही विषयहरुमा अध्ययन भइरहेको भन्दै आन्दोलन नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?