+
+

संसदको अवरोध हटाउने विषयमा छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १४:४०
आइतबार संसद अवरुद्ध गर्दै एमालेका सांसदहरु

२७ भदौ, काठमाडौं । प्रतिनिधिसभा बैठकको अवरोध हटाउनका लागि छलफल शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटकपटक संसद बैठक अवरुद्ध पारेपछि यसको निकासका लागि पहल शुरु गरिएको हो ।

छलफलमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, शान्ता चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा लगातार संसद अवरोध गर्दै आएको छ ।

आइतबार पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेका छन् । करिव २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?