
२७ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारी केही कम भएको समयमा हिमाल आरोहणमा पुनः आकर्षण देखिएको छ ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्म आगामी सिजनका लागि २३ टोलीले हिमाल आरोहणको अनुमति लिएका छन् । यो टीममा कुल २२२ जना सदस्य रहेका छन् ।
तथ्यांक अनुसार मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा बढी टीमले अनुमति लिएको छन् । यसबाहेक शरद ऋतुमा आरोहण चढ्न कंचनजंगा, धौलागिरि, मरियाङ हिमालमा समेत अनुमति जारी भएको छ ।
अहिलेसम्म जारी भएका अनुमतिमध्ये ६ टोलीले मात्र अन्य हिमालको आरोहण अनुमति लिएको छ । बसन्त ऋतुमा अहिलेसम्मकै बढी आरोहीले अनुमति लिएका छन् । सोही अनुसार शरद ऋतुका लागि पनि आरोहण अनुमति लिने क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4