
२७ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेको छ । संवाद, छलफल र वार्ताको माध्यमबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन् ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले भने, ‘म आग्रह गर्नु चाहन्छु, भएका मतभेदहरुलाई सुल्झाएर जाउँ । आज पनि सभामुखले बोलाउनुभयो, कानून मन्त्री र प्रतिपक्ष दलका माननीयहरुबीचमा संवाद भयो तर सहमति जुट्न सकेको छैन । भोलि पनि सभामुखले सबै दलका नेताहरुलाई बोलाउनु भएको छ । र, विश्वास गरौं, भोलि समस्या समाधान हुन्छ ।’
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ ।
सभामुख सापकोटाले आइतबार पनि नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सुचारु गराउन आग्रह गरेका थिए ।
प्रतिक्रिया 4