
२७ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी गोविन्दराज नेपाल पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको २६ औं स्थापना दिवसका अवसरमा उनी सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनले ५० हजार रुपैयाँ बराबरको ल्यापटप प्राप्त गरेका छन् ।
त्यस्तै अग्रज खेल पत्रकारिता सम्मानबाट मुकुन्द दाहाल सम्मानित भएका छन् । उनले २५ हजार रुपैयाँ पाएका छन् । मञ्चले हरेक वर्ष स्थापना दिवसका दिन अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई पुरस्कृत गर्दै आएका छन् ।
उनीहरुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी देबेन्द्रले सम्मान गरे ।
सम्मानित पत्रकार दाहालले पत्रकारितामा गरेको संघर्षको सम्झना गर्दै युवा पुस्ताले सम्मान गरेकोमा खुशी व्यक्त गरे । सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार पाएका पत्रकार नेपालले पुरस्कारले पत्रकारिता यात्रा अगाडि बढाउन हौसला मिलेको बताए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद पत्रकारिताको विकासमा मञ्चको भुमिकाको प्रशंसा गरे । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले स्थापना दिवसका अवसरमा युवा र अग्रजलाई सम्मान गर्ने परम्परा राम्रो रहेको बताए ।
प्रतिक्रिया 4