+
+

मंगलबारदेखि उपत्यकामा दशैंलक्षित संयुक्त अनुगमन

सामान्य प्रकासन मन्त्रालयले पठायो थप जनशक्ति 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते २०:३३

२७ भदौ, काठमाडौं । चाडपर्वको मौका छोपी बजारमा हुने ठगी रोक्न सरकारले काठमाडौं उपत्यकामा संयुक्त बजार अनुगमन गर्ने भएको छ ।

वाणिज्य विभागको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौल तथा नेपाल गुणस्तर विभाग सम्मिलित संयुक्त टोलीबाट अनुगमन सुरु गर्न लागिएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए ।

चाडपर्वको मौका छोपी खाद्यन्न, लत्ताकपडा तथा सेवा क्षेत्रमा हुने ठगी रोक्न संयुक्त अनुगमन टोली परिचालित हुने सचिव भट्टराईले बताए ।

‘सामान्य प्रशासन मन्त्रालयले थप जनशक्ति पनि पठाएको छ, दशैंलक्षित अनुगमन छिट्टै सुरु हुन्छ’ सचिव भट्टराईले भने । महामारीका बीच चाडपर्व सुरु भएको भन्दै उनले चाडपर्वलाई मौकाको रुपमा नलिन व्यवसायीलाई आग्रह गरे ।

सामान्य प्रशासनबाट अनुगमनका लागि पहिलो टोली विभाग आइपुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । २५ जना थप जनशक्ति पठाएकोमा १० जनाको अभिमुखीकरण आइतबारबाट सुरु भएको र बाँकी जनशक्ति सोसबारसम्म आइपुग्ने विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

‘सोमबारसम्म अभिमुखीकरण सकिन्छ, मंगलबारबाट संयुक्त बजार अनुगमन शुरु हुन्छ,’ महानिर्देशक पौडेलले भने ।

सामान्य प्रशासनबाट प्राप्त थप जनशक्तिबाट पाँच, विभागमा रहेको तीन र खाद्य तथा नाप तौल र काठमाडौं जिल्ला प्रशासनसहितका अब दर्जन हाराहारी अनुगमन टोली तयार भएको उनले बताए ।

अब बजारमा दैनिक एक दर्जन टोलबाट उपभोक्ताको प्राथमिकताको क्षेत्रमा अनुगमन थालिने उनले बताए ।

यस वर्षको दशैं लक्षित अनुगमनमा उपभोक्ता अधिकारकर्मी र सञ्चारकर्मीलाई पनि सहभागी गराउने गरी कार्यविधि पनि बनाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?