+
+

विचित्रकी महिला, जो हरेक शुक्रबार बेहुली बन्छिन्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १३:१४

यो संसार विविधता र विचित्रताको पर्याय नै हो । यहाँ मान्छेका इच्छा र चाहना पनि अनेक खालका हुन्छन् । पाकिस्तानमा एकजना यस्ती महिला छिन् जसलाई हरेक हप्ताको एक दिन बेहुली बन्ने शौख छ ।

ती महिला हरेक हप्ताको शुक्रबार बेहुली जस्तै पहिरनमा सजिन्छिन्, सिंगारपटार गर्छिन् । त्यस्तो अनौठो शौखका कारण उनी पाकिस्तानमा अहिले चर्चाको विषय बनेकी छिन् ।

उनको नाम हिरा जिशान हो र उमेर ४२ वर्षको भयो । उनी लाहोरकी बासिन्दा हुन् । हिराले पछिल्लो १६ वर्षदेखि हरेक शुक्रबार आफूलाई बेहुलीको रुपमा सजाउँदै आएकी छिन् । आखिर हिराले किन त्यसो गर्दै आएकी छिन् त ? यसको निकै भावुक कारण रहेछ ।

१६ वर्षअघि हिराकी आमा निकै बिरामी परिन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । आमाले आफ्नो अन्तिम अवस्थामा छोरी हिराको बिहे देखेर मर्न चाहेको बताएपछि अस्पतालमै एकजना रक्तदाता युवकसँग उनको बिहे तय गरियो र बिहे पनि सम्पन्न भयो । बिहेको केही दिनपछि हिराकी आमाको मृत्यु भयो । आमाको मृत्युले हिरा निकै मर्माहत भइन् ।

बिहेपछि उनका ६ बच्चा जन्मिए, त्यसमध्ये २ बच्चाको मृत्यु भयो । आफ्ना सन्तानको मृत्युले पनि उनलाई ठूलो पीडा भयो । त्यहीँ तनाव र डिप्रेसनको अवस्थाबाट मुक्ति पाउनका लागि उनले १६ वर्षदेखि हरेक शुक्रबार बेहुली पहिरन गरेर सोह्र श्रृंगार गर्दै आएकी छिन् ।

हिराका पति लण्डनमा बस्दै आएका छन् भने हिरा बच्चासँग पाकिस्तानमै बस्छिन् । आफूलाई बेहुली बनेर सजिँदा निकै खुसी मिल्ने उनी बताउँछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?