+
+

चुमनुव्रीमा पहिरो नियन्त्रणका लागि अर्थमन्त्रीसँग बजेट माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १३:४५

२८ भदौ, काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिकाका वासिन्दाले पहिरोका कारण वस्ती जोखिममा परेको भन्दै नियन्त्रणका लागि बजेट व्यवस्था गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग माग गरेका छन् ।

आइतबार अर्थ मन्त्रालयमा पुगेका चुमनुव्री गाउँपालिकाका वासिन्दाले वडा नं ३ को सल्लेरी, जगत, नाक्चेत, पाती देवल र घट्टेखोला गाउँ पहिरोको जोखिममा परेको भन्दै संरक्षणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

त्यस्तै चुमनुव्री–४ को पहिरोबाट नामरुङ गाउँ जोखिममा परेको, वडा नं ६ सार्दिभिरको क्यान्टिलिभर पुल क्षतिग्रस्त भएको चुम उपत्यका जाने बाटो लोक्पा पहिरोले क्षतिग्रस्त भएको नेकपा माओवादी केन्द्र चुमनुव्री गाउँपालिका इन्चार्ज निमा लामाले बताए ।

उक्त पहिरो पन्छाएर चुम उपत्यका जान सहज बनाउन र चुमनुब्री–७ को छेकम्पारस्थित छुले गाउँसंरक्षण तथा पहिरो नियन्त्रणका लागि पनि बजेट माग गरिएको उनले जानकारी दिए ।

सडकमा थप रकम दिन माग

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद तथा माओवादी केन्द्रका नेता हरिराज अधिकारीसहित गएको टोलीले नेपाली सेनाबाट निर्माण हुँदै गरेको बेनिघाट रुइला भञ्ज्याङ चीन नाका जोड्ने मोटरबाटोमा बजेट वृद्धि गर्न पनि माग गरेको छ । उक्त सडकमा बजेट कम हुँदा काम कछुवागतिमा भएको भन्दै वार्षिक २५ देखि ३० करोड रुपैयाँ बजेट वृद्धि गर्न माग गरिएको छ ।

उक्त सडक आयोजना अन्तर्गत नै ट्रयाक खोली सकिएको तातोपानीदेखि सिर्दिबास खण्डको सडक सफा गरी चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्र गाडी सुविधा पु¥याउन पनि उनीहरुले माग गरेका छन् ।

चुमनुव्री गाउँपालिकाको सिर्दिबासदेखि चीनसँगको नाका छेकम्पारको ङुइला भन्ज्याङसम्म सडक पुर्‍याउन आवश्यक नीतिगत व्यवस्था गरी बजेट विनियोजन गर्न पनि माग गरिएको लामाले जानकारी दिए ।

आइतबार नै चुमनुव्रीका वासिन्दाले ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालसँग भेट गरी सिर्दिबास, सल्लेरी, जगत, नाक्चेत, पाती, देवल, छेकम्पारको छुले गाउॅ, समागाउॅ प्रोक र नामरूङको पहिरो नियन्त्रण गरिदिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?