+
+

एभरटनको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते ९:५८

२९ भदौ, काठमाडौं । एभरटनले प्रिमियर लिगमा बर्नलीमाथि पुनरागमन जितसहित अपराजित यात्रा कायम राखेको छ । सोमबार राति  भएको लिगको एक मात्र खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभरटनले बर्नलीलाई ३–१ ले पराजित गरेको हो ।

एभरटनको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५३औं मिनेटमा बेन मिको गोल गर्दै पाहुना टोली बर्नलीलाई पहिले अग्रता दिलाए । तर कायम राख्न सकेन । ६०औं मिनेटमा माइकल केनले एभरटनका लागि बराबरी गोल फर्काए ।

६५औं मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गर्दै एभरटनलाई २-१ को अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा डेमराई ग्रेले एभरटनका लागि तेस्रो गोल गरे ।

राफेल बेनिटेजनको नेतृत्वमा एभरटनले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो जित हात पारेको हो । चार खेल खेलेको एभरटनले शीर्ष स्थानमा रहेका म्यानचेस्टर युनाइटेड, दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ ।

समान अंक जोडे पनि गोलअन्तरमा पछि रहेको एभरटन चौथो स्थानमा छ । चार खेलसम्म जितविहीन रहेको बर्नली एक अंकसहित १८औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?