+
+

एमसीसीको बहसमा राजेश र करिश्माको यस्तो तर्क

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १४:३७

एमसिसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन)को बहसमा सिंगै नेपाल प्रवेश गरेको छ । अमेरिकाले दिन लागेको यो अनुदान लिन हुन्छ या हुँदैन भन्ने बिषयमा नेपालीहरुको आ आफ्नै धारणा छ । यो विषयमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि आफ्ना धारणा सामाजिक संजालबाट दिने कोशिश गरेका छन् ।

नायक हमालले एक भिडियो सार्वजनिक गर्दै जनता यसको विरुद्धमा छन् भने यो लागू गर्न नहुने तर्क पेश गरेका छन् । तर, हमालले स्पष्ट रुपमा एमसिसी के कारणले लिन हुन्छ र के कारणले लिन हुँदैन भन्ने प्रष्ट पारेका छैनन् ।

हमालले सार्वजनिक गरेको भिडियोमा उनले अमेरिकाको बिषयमा बढी कुरा गरेको देख्न सकिन्छ । उनले, अमेरिकाको बिग्रदो छविका कारण पनि एमसिसीको बिषयमा आशंका पैदा भएको उल्लेख गरेका छन् ।

नायक राजेश हमालपछि उनकै समकालिन नायिका करिश्मा मानन्धरले पनि एमसिसीको विरोध गरेकी छिन् । करिश्माले एमसिसीको विरुद्धमा यूवाहरुले निकालेको जुलुसको एक भिडियो शेयर गर्दै लेखेकी छिन्–‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व भित्राउनु ठिक होला त ? अगुवाई गर्नेहरुको विगतका निर्णयका परिणमहरुले गर्दा नै जनतामा यो अविश्वास उब्जिएको त होला नी ?’

उनले, जनतालाई ठोकुवा गरेर यो बिषयमा वुझाउन पनि आग्रह गरेकी छिन् । उनले भनेकी छिन्–‘त्यसैले त अगुवा बनाएको हो तपाइहरुलाई । जनताकै विरोधमा गएर कसरी अगुवाई गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?