+
+

कोरोना खोप अभियानलाई तीव्रता दिँदै न्युजिल्याण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १४:३१

२९ भदौ, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले सकेसम्म छिटो खोप लगाउन आफ्ना सबै नागरिकलाई आग्रह गरेकी छिन् ।

उनले कोरोनाबाट बच्ने यो एकमात्र विकल्प रहेको बताएकी छिन् । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन जारी छ ।

मंगलबार न्युजिल्याण्डमा कोरोनाका १५ नयाँ संक्रमित थपिएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा भने घटेको हो । प्रधानमन्त्री अर्डनले भनेकी छिन्, ‘जति धेरै मानिसले खोप लगाए, त्यति नै कम प्रतिबन्ध बाँकी हुन्छ ।’

अकल्याण्डमा लकडाउनको क्रममा विद्यालय, कार्यालय र सार्वजनिक स्थलहरु बन्द गरिएको छ । मानिसहरुलाई शारीरिक अभ्यास र अत्यावश्यक सामग्री खरिदको लागि मात्र बाहिर जान दिइएको छ । न्युजिल्याण्डको अन्य क्षेत्रमा भने गत साता लकडाउन हटाइएको थियो ।

न्युजिल्याण्ड कोरोना भाइरस नियन्त्रणमा सफल मानिएको मुलुक हो । यद्यपि सुस्त गतिको कोरोना खोप अभियानको कारण न्युजिल्याण्डको आलोचना हुँदै आएको थियो । अहिलेसम्म न्युजिल्याण्डका ५१ लाख जनसंख्यामध्ये केवल ३४ प्रतिशतले पूरा डोज कोरोना खोप लगाएका छन् ।

कोरोना खोप कार्यक्रम विस्तारको लागि न्युजिल्याण्डले स्पेन र डेनमार्कबाट थप खोप खरिद गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?