+
+

च्याम्पियन्स लिगको एकै खेलमा चार पेनाल्टी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते ९:३८

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग २०२१-२२ सिजन अन्तर्गत सेभिया र साल्जवर्गको एउटै खेलमा चार पेनाल्टी प्रहार भयो ।

समूह जी अन्तर्गत भएको उक्त खेलमा रेफ्रीले पहिलो हाफमै चार पेनाल्टी प्रदान गरेका थिए । १-१ को बराबरीमा सकिएको खेलमा साल्जवर्गले ३ र सेभियाले एक पेनाल्टीको अवसर पाएको थियो ।

पाहुना टोली साल्वगर्जले पहिलो हाफमै तीन पेनाल्टी पनि एक मात्र गोल गर्न सक्यो ।

खेलको १३औं मिनेटमा साल्जवर्गका करिम अडेयमीको पेनाल्टी पोष्टभन्दा बाहिर गएको थियो । २१औं मिनेटमा साल्जवर्गले दोस्रो पेनाल्टी पायो । यसपटक लुका सुसिकले पेनाल्टीमा गोल गर्दै साल्जवर्गलाई अग्रता दिलाए  ।

३७औं मिनेटमा फेरि पेनाल्टी पाउदा सुसुकिले गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमा लाग्यो ।

४२औ मिनेटमा सेभियाले पनि पेनाल्टी पायो । त्यसमा इभान राकिटिकले गोल गर्दै खेल बराबरी गरे ।

५०औं मिनेटमा युसुफ एन नसरी दोहोरो पहेँलो कार्ड पाउदै मैदान बाहिरिएपछि सेभिया दश खेलाडीमा समेटिएको थिए । त्यसपछि भने खेलमा कुनै गोल भउन र दुवै टोलीले १-१ अंक जोडे ।

च्याम्पियन्स लिगको एकै खेलमा ४ पेनाल्टी भएको यो पहिलो पटक हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?