
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग २०२१-२२ को सिजनको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पराजित भएको छ ।
समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेडलले एक गोलको अग्रता लिएर पनि जोगाउन सकेन । आरोन बिसाकाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको युनाइटेडमाथि स्वीस क्लब योङ ब्वाइजले २-१ को पुनरागमन जित हात पारेको हो ।
१२ वर्षपछि प्रिमियर लिग फर्केका क्रिस्टियानो रोनाल्डोले १३औं मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटियो ।
त्यसको फाइदामा योङ ब्वाइजले दोस्रो हाफमा दुई गोल गर्यो । ६६औं मिनेटमा निकोलस एनगामालेगले योङ ब्वाइजको लागि बराबरी गोल फर्काए । त्यसपछि जोर्डन सिबात्सेउले इन्
जुरी टाइममा गोल गर्दै योङ ब्वाइजलाई जित दिलाए ।
समूह एफकै अर्को खेलमा इटालियन क्लब एटलान्टा र स्पानिस क्लब भियारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4