+
+

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ भदौ ३० गते ११:४९

३० भदौ, काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ ।

हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?