+
+

फिल्मीकर्मीलाई प्रचण्डले भने–‘फिल्म क्षेत्र क्षतविक्षत छ, पहल गर्छु’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते ११:४४

चलचित्र क्षेत्रको हालको अवस्थाको बारेमा जानकारी दिदै चलचित्रकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिदै सहयोग गरिदिन आग्रह गरेका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोलीले प्रचण्डलाई विभिन्न माग राख्दै ज्ञापनपत्र समेत वुझाएको थियो ।

चलचित्रकर्मीको माग सुनेपछि प्रचण्डले भने–‘चलचित्र क्षेत्र क्षतविक्षत भएको छ । यो बिषयमा मलाई जानकारी नै छ । म मन्त्रीहरुलाई तत्काल यस बिषयमा जानकारी गराउनेछु । साथै, प्रधानमन्त्रीलाई पनि म यो कुराको जानकारी गराउनेछ ।’

प्रचण्डले चलचित्र र खेलकुदको विकास गर्न सकेको खण्डमा विश्वमा देशको परिचय स्थापित हुने भन्दै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पनि यी दुई क्षेत्रको विकासमा गम्भिर रहेको बताए । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अनलाइनखबरसँग भने–‘२ दिन भित्रमा फेरि मन्त्रालयमा गएर तपाइहरुले कुरा राख्ने वातावरण म बनाउनेछु भनेर प्रचण्डजीले आश्वासन दिनुभएको छ । उहाँलाई भेटेपछि हामी उत्साहित भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?