+
+

एनभीए भलिबल च्याम्पियनसिप असाेज १० गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १५:३८

३० भदाै, काठमाडौं । नेपाल भलिबल संघकाे आयाेजनामा छैटौं राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिप असाेज १० गतेदेखि शुरु हुने भएकाे छ ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै महिला र पुरुष दुवै तर्फको च्याम्पियनसिप असाेज १० देखि १६ गतेसम्म हुने जानकारी गराएकाे हाे ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिम खेल्ने पक्का भइसकेकाे संघले जनाएकाे छ । टिम दर्ताकाे समय असाेज ६ गतेसम्म रहेकाले टिम संख्या बढ्न सक्ने संघका महासचिव जितेन्द्र चन्दले जनाए ।

यस च्याम्पियनसिपबाट शीर्ष ७ पुरुष र ५ महिला टिम२०७८ चैतमा आयाेजना हुने छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगमा छनाेट हुनेछन् ।

च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पाेर्ट्स क्लब, नेपाल प्रहरी, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, ढाेरपाटन स्पाेर्ट्स क्लब, गण्डकी प्रदेश, गल्काेट स्पाेर्ट्स क्लब, मणिमुकुन्द भलिबफ क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिलातर्फ न्यूडायमण्ड क्लब, नेपाल प्रहरी, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, एभरेष्ट क्लब बुटवल र ढाेरपाटन स्पाेर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

संघले यसपटक पस्कार राशीमा समेत वृद्धि गरेकाे छ । जसअनुसार विजेताले नगद ४ लाख रुपैयाँ पाउनेछन् । यस्तै उपविजेतनले २ लाख र तेस्राे हुनेले १ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै प्रतियोगिताकाे उत्कृष्ट पुरुष र महिला खेलाडीले २५-२५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी उत्कृष्ट सर्भर, लिवेराे, ब्लकर, स्पाईकर, सेटर र प्रशिक्षकले १०-१० हजार रुपैयाँ पाउनेछन् ।

च्याम्पियनसिपका लागि करिब ३८ देखि ४० लाख सम्म खर्च हुने अनुमान रहेकाे नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए ।

नेपालकाे राष्ट्रिय खेल भएपनि नेपाल सरकार कुनै बजेट व्यवस्थापन हुन नसकेकाे अवस्थामा संघले विभिन्न संघ संस्थासंग हातेमालाे गर्दै प्राइभेट पार्टनरसिपकाे अवधारणामा संघ अघि बढेकाे चन्दले बताए ।

एनभीए क्लब भलिबल च्याम्पियनसिपका लागि नेपाल स्पाेर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ३० लाख सहयाेग गर्ने चन्दले बताए ।

संघले केही समयअघि एनएसईएमसँग नेपाल सुपर लिग भलिबल आयाेजना गर्नका लागि १० वर्षकाे सम्झाैता समेत गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?