+
+

इन्स्टाग्राममा नयाँ फिचर, जो कोहीलाई फेवरेट बनाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते ८:४०

फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचरको परीक्षण गरिरहेको छ । इन्स्टाग्रामको उक्त फिचर आएसँगै प्रयोगकर्ताले आफुले चाहेको जुनसुकै प्रयोगकर्तालाई पनि फेवरेट (favourite) को रुपमा मार्क गर्न सक्नेछन् ।

यसरी फेवरेट मार्क गरिएको व्यक्तिका इन्स्टाग्राम पोस्टहरु प्रयोगकर्ताको फीडमा पहिला देखिनेछन् ।

Alessandro Paluzzi नामका एक मोबाइल डेभलपरले सबैभन्दा पहिलो इन्स्टाग्रामको उक्त फिचर देखेको र ट्वीटरमा शेयर गरेको द भर्जले जनाएको छ ।

स्मरण रहोस् इन्स्टाग्रामले फेवरेट टूलका विषयमा पछिल्लो ४ वर्षदेखि फरक फरक फिचरको परीक्षण गरिरहेको छ ।

यदि तपाईंले इन्स्टाग्राममा अरु कसैलाई फेवरेट मार्क गर्नुभयो भने त्यसको जानकारी त्यसरी मार्क गरिने व्यक्तिले पनि पाउनेछ । यस्तोमा मार्क गरिएको व्यक्तिले आफ्ना सबै फलोअर्सको साटो केवल फेवरेट प्रयोगकर्तासँग मात्र पनि कुनै फोटो शेयर गर्न सक्नेछ ।

इन्स्टाग्रामको यो फिचरको अर्को फाइदा पनि छ । त्यो भनेको तपाईंको आफ्नो टाइमलाइनमाथि पूरा नियन्त्रण गर्न सक्नुहुन्छ । तपाईंले इन्स्टाग्राममा निश्चित व्यक्तिको मात्र पोस्टहरु हेर्न चाहनुहुन्छ भने त्यसलाई पनि यो टूलबाटै मिलाउन सक्नुहुन्छ । यो फिचरबाट तपाईंले आफूले फेवरेट मार्क गरेका प्रयोगकर्ताका मात्र पोस्ट हेर्न सक्ने गरी पनि सेटिंग्स मिलाउन सक्नुहुनेछ ।

आमरुपमा प्रयोगकर्ताले सबै खालका अकाउन्ट फलो गर्दछन् र त्यसपछि त्यसरी फलो गरिएका सबैका पोस्टहरु प्रयोगकर्ताको इन्स्टाग्रामको फिडमा आउन थाल्दछन् । त्यस्ता सबै पोस्टहरुले फिडलाई भीड बनाउँदा आफूले हेर्न चाहेका खास व्यक्तिका पोस्टहरु हराउन सक्दछन् । त्यसैले यो फेवरेट फिचरले भिडलाई पन्छाएर खास व्यक्तिलाई प्रयोगकर्ताको फिडमा देखाइदिने काम गर्नेछ ।

द भर्जका अनुसार हाल परीक्षणमा रहेको इन्स्टाग्रामको फेवरेट फिचर औपचारिक रुपमा कहिलेदेखि आम प्रयोगकर्ताका लागि सुरु गरिने र कुन नामबाट सुरु हुने भन्ने बारेमा प्रष्ट नभएको जनाएको छ ।

द भर्जको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?