
३१ भदौ, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा स्पानिस क्लब रियल मड्रिडले विजयी सुरुआत गरेको छ । बुधार राति भएको समूह डी को खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १-० ले पराजित गरेको हो ।
इन्टरको मैदानमा भएको खेलमा रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी हुँदा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका रोड्रिगोले ८९औं मिनेटमा एडुवार्डो कामाभिंगाले विजयी गोल गरे ।
उनी ६५औं मिनेटमा लुकास भजक्वेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।
समूह डी को अर्को खेलमा माल्दोभाको क्लब एफसी शेरिफले युक्रेनी क्लब शाख्तर डोनेस्कलाई २-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । शेरिफको लागि एडामा ट्राओर र मोमो यानसानेले गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4