+
+

लेस्टर र नापोलीले खेले बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते ८:३६

काठमाडौं । इंग्लिस लेस्टर सिटीले युरोपा लिगमा बिहीबार नापोलीसँग २-२ को बराबरी खेलेको छ । लेस्टरले घरेलु मैदानमा दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो ।

किंग्स पावर स्टेडियममा भएको खेलमा आयोज पेरेजले नवौं र हार्भी ब्रान्सको ६४औं मिनेटको गोलमा लेस्टरले २-० को अग्रता लिएको थियो । दोस्रो हाफमा नेपोलीका लागि भिक्टर ओसिमहेनले दुई गोल गरे । उनले ६९औं र ८७औं मिनेटमा गोल गरे ।

बराबरीपछि समूह सी मा दुवै टिमले १-१ अंक जोडेको छ ।

युरोपा लिगकै अन्य खेलमा रियल बेटिसले सेल्टिकलाई ४-३, वेस्ट ह्यामले डायनामो जागरेभलाई २-०, लियोनले रेन्जर्सलाई २-०, बायर लेभरकुजनले फ्रेनसिभारोसलाई १-० ले, मोनाको स्ट्रोम ग्राजलाई १-० ले र गालातासारेले लाजियोलाई १-० ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?