+
+

ओडीआई क्रिकेटमा गुल्शन झाको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १६:१७
Photo Credit : CAN

१ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका युवा फास्ट बलर गुल्शन झाले नेपालका लागि ओडीआई क्रिकेटमा डेब्यु गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार अमेरिकाविरुद्धको खेलमा पहिलो रोजाइमा पर्दै गुल्शनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

गुल्शन पहिलो पटक राष्ट्रिय टिममा पर्दै सिनियर टिमसँग ओमान गएका थिए । गुल्शनले पीएनजीविरुद्धको दुई खेल र त्रिकोणात्मक सिरिजमा यसअघि अमेरिकाविरुद्ध र ओमानविरुद्ध भने खेल्ने अवसर पाएनन् ।

अमेरिकाविरुद्ध नेपाली टिममा एक मात्र खेलाडी परिवर्तन हुँदा गुल्शनले अवसर पाएका हुन् । उनले विक्रम शोबको स्थान लिनेछन् ।

गत फागुनमा भएको मेयर्स कप क्रिकेटमा नेपाल पुलिसबाट दुई खेल खेलेका गुल्शनले उत्कृष्ट बलिङ गर्दै सबैको ध्यान तानेका थिए । उनको बाउन्स र पेस मुख्य विशेषता हो ।

विक्रमले पीएनजीविरुद्ध डेब्यु गर्दै लगातार ४ खेल खेले । डेब्यु खेलको पहिलो बलमै विकेट लिएका उनले ४ खेलमा ५ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?