+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सुनौलीतिर गएर नेता खोजेर ल्याउने होइन, आफैं अगुवा बन्नुपर्छ : रामकुमारी झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १८:१८
फाइल तस्वीर

१ असोज, बुटवल । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेको हरेक कमिटीबाट विद्रोह हुने बताएकी छन् । बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले कतिपयले आफूलाई चुनौतीरहित ठानेको बताइन् ।

लुम्बिनी प्रदेशका निकै कम जनप्रतिनिधिले मात्र नयाँ पार्टी रोजेकोतर्फ संकेत गर्दै उनले भनिन्, ‘अरुले नै बनाएको दरबारमा शयन गर्नेहरुले कठिन यात्रा तय गर्न सकेनन्, आफ्नै श्रममा निर्णय गर्न मञ्जुर हुनेहरुले मात्र यो यात्रा तय गरे ।’

लुम्बिनी कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै उनले पार्टी बन्ने प्रशस्त सम्भावना रहेको बताइन् । एकीकृत समाजवादीकी नेतृ झाँक्रीले भनिन्, ‘नवजवान साथीहरुले सुनौलीतिर गएर नेता खोजेर ल्याएर कार्यकर्ता बन्ने होइन । आफ्नो समुदायको आफ्नो समाजको आफैं अगुवा बन्नुपर्छ ।’

‘दक्षिणपन्थी विर्सजनवादमा भासिएको नेतृत्वविरुद्ध अब प्रत्येक कमिटी र वडा तहबाट विद्रोह शुरु हुन्छ । साविकको खड्ग ओलीको एमालेको क्षतिकरण एकीकृत समाजवादीको बढोत्तरी हो ।’

एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने र केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४० प्रशिशत राख्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?