+
+

ज्ञानेन्द्र बने नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १८:२९
फाइल तस्वीर

१ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अहिले भइरहेको अमेरिकाविरुद्धको खेलमा ज्ञानेन्द्रले पूर्व कप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान तोडेका हुन् ।

अमेरिकाविरुद्ध अहिले ब्याटिङ गरिरहेका ज्ञानेन्द्रले ओडीआईमा ३५० रन बनाएका छन् । ज्ञानेन्द्रले १५औं खेल खेल्दै सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । ज्ञानेन्द्रले ओडीआईमा दुई अर्धशतक समेत बनाएका छन् ।

पारसले १० खेल खेल्दै एक शतक र एक अर्धशतक मद्दतमा ३१५ रन बनाएका थिए । सन् २०१९ मा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र नेपालको कप्तान बनेका हुन् । पारसले राष्ट्रिय टिमबाट पनि सन्यास लिइसकेका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पारसकै नाममा छ । पारसले ३३ खेलमा ७९९ रन बनाएका छन् । दोस्रो स्थानमा रहेका ज्ञानेन्द्रले ३२ खेलबाट ६७३ रन बनाएका छन् । दुवैले समान एक शतक प्रहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?