+
+

विश्व बक्सिङ च्याम्पियनसिपका लागि बक्सिङ छनोट सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १९:३२

१ असोज, काठमाडौं । आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । ५ स्पर्धा समावेश भएपनि खेलाडी संख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ ।

पहिलो दिन पुरुष ६७ केजीमा नक्सालका अश्विन धिरज श्रेष्ठले नक्सालकै एबल थापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे । त्यस्तै ५७ केजीमा एपीएफ क्लबका पुरन राईले एचटुओका बुद्ध ग्यालमो लामा, दाङका निसम घर्ती मगरले नेपाल प्रहरीका शम्भु राजवंशी, बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका सुदिप श्रेष्ठ र आर्मीका पुरन सुनवारले अल्फाका रेमन पुनलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

छनोट प्रतियोगिता सोमबारसम्म चल्ने छ । प्रतियोगिताअन्तर्गत शनिबारका खेलहरु अपरान्ह २:३० बजेदेखि सुरु हुने संघले जनाएको छ ।

विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?