+
+

धनुषामा निजी मेडिकलमा कोरोना खोप भेटिएको विषयमा विभागले अनुसन्धान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १९:३१
बिहीबार धनुषाको श्रीराम हेल्थ केयरमा भेटिएको कोरोना खोप

१ असोज, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकास्थित एक निजी मेडिकलमा बिक्रीका लागि कोरोनाविरुद्धको खोप राखिएको विषयमा औषधि व्यवस्था विभागले अनुसन्धान गर्ने भएको छ ।

सर्वसाधारणलाई निःशुल्क वितरण गर्नका लागि आएको ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन तथा १ थान अस्ट्राजेनेकाको खोप शहीदनगर नगरपालिका–३ यदुकोहास्थित श्रीराम हेल्थ केयरमा फेला परेको थियो ।

खोप फेला परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीले हेल्थ केयरका सञ्चालक कमलेश मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले उक्त खोप बिक्रीका लागि प्राथमिक स्वास्थ्य केन्द्र यदुकोहामा कार्यरत अहेब देवशरण यादवले दिएको बताएका थिए ।

निःशुल्क पाइने खोप बेचेर रकम कमाउने उद्देश्य लिएका मण्डल र यादवविरुद्व औषधि व्यवस्था विभागले अनुसन्धान गर्ने भएको छ । ‘निजी स्वास्थ्य संस्थामा खोप पाएको सम्बन्धमा हामीले अनुसन्धान ग¥छौं,’ औषधि व्यवस्था विभाग वीरगञ्जका निमित्त प्रमुख भाग्यनारायण सिंहले भने, ‘खोप पाइएको स्थलमै गएर हामी अनुसन्धान शुरु गर्छौं ।’

सिंहका अनुसार औषधि पसल दर्ता भएको छ कि छैन ?, लाइसेन्स छ कि छैन ?, बिक्री गर्ने औषधि छ कि छैन ?, स्टोर कहाँ गरेको छ ? जस्ता विषयमा अनुसन्धान गरिनेछ । यसबाहेक पक्राउ परेकाहरुसँग बयान लिएपछि कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

लाइसेन्स भए अर्कै र नभए अर्कै दफा अनुसार कारबाही हुने भन्दै उनले सरकारले जनताका लागि उपलब्ध गराएको निःशुल्क औषधि कुनै पनि व्यक्तिले बेच्न नपाइने भएकाले उनीहरुलाई कारबाही हुने बताए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गर्ने अनुमति लिएको र अब यसको अनुसन्धान औषधि व्यवस्था विभागले गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएपसी जितेन्द्र बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?