+
+

जनगणनाभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १३:५७

३ असोज, काठमाडौं । जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन भएको छ ।

राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले जनगणनाको अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो । प्रत्येक १०/१० वर्षमा हुने राष्ट्रिय जनगणना नेपालमा ३० भदौबाट शुरु भइसकेको छ । जनगणनाको मुख्य गणना भने २५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ ।

मन्त्रालयको निर्णय अनुसार स्थानीय तहमा कार्यरत तथा जनगणना काममा काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर अहिले कार्यरत स्थान/निकायमै रहने व्यवस्था मिलाउन भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?