+
+

टुँडिखेलमा तोप पड्काउँदैमा संविधान दिवस हुँदैन : दमननाथ ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १७:४६

३ असोज काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कांग्रेसले संविधान दिवस नमनाएकामा असन्तुष्टि जनाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सेनाले टुँडिखेलमा तोप पड्काउँदैमा संविधान दिवसको औचित्य पूरा नहुने बताए । ‘कम्तीमा कांग्रेसले संविधान दिवस मनाउन देशव्यापी सर्कुलर गर्नुपर्ने थियो । प्रत्येक वर्ष कांग्रेसको तल्लो तहको इकाइसम्म संविधान दिवस मनाउनुपर्छ,’ उनले भने, ‘यसले संविधानलाई संस्थागत र दिगो बनाउँछ । काठमाडौंमा प्रधानमन्त्रीको अगाडि सेनाले तोप पड्काउँदैमा दिवस हुँदैन ।’

प्रत्येक विद्यालय र सरकारी कार्यालयमा संविधान दिवस मनाउनुपर्ने पूर्वसभामुख ढुंगानाको भनाइ छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष यो दिन संविधान दिवस मनाइन्छ । संविधान दिवसमा सरकारले सार्वजनिक विदा पनि दिने गरेको छ ।

पूर्वसभामुख ढुंगानाले संविधान भत्काउन खोज्ने र सुदृढ बनाउन खोज्नेबीच द्वन्द्व भइरहेको भन्दै संविधानको सर्वस्वीकार्यताका लागि संशोधन गर्दै लैजानुपर्ने बताए ।

‘संविधानका बारेमा अहिले दुई वटा ‘स्कुल अफ थट’ देखिन्छ, एउटा संविधानका उपलब्धीहरुलाई उल्ट्याउन यसलाई भत्काउनुपर्छ भन्नेछ । अर्काे जे जति राम्रो छ, सुधार्दै लैजाने भन्नेछ,’ उनले भने, ‘त्यसमा हामी कहाँ छौं भन्ने आत्ममूल्यांकन आवश्यक छ । संविधानमा आमूल परिवर्तन ल्याउने कि संशोधन गर्दै राम्रो बनाउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?