+
+

पाइयो नयाँ नोट, लाग्यो दशैं (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ असोज ४ गते ११:२७

४ असोज, काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट सटही सुरु भएको छ । दशैंमा दक्षिणा दिन नयाँ नोट चाहनेहरुका लागि नेपाल राष्ट्र बैंकले फुटकर नोट सटही सुरु गरेको हो ।

नयाँ नोट लिनेहरु बिहानैदेखि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडि लाम लागेका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार ५, १०, २०, ५० र १ सय रुपैयाँका नयाँ नोटहरु वितरण गरिएको छ ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधारणका लागि बालुवाटार कार्यालय र सात वटै प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरणको व्यवस्था मिलाएको कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।

राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आˆना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था मिलाएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि चार अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?