+
+

फिल्म क्षेत्र खुलाउन नेताको घर धाउँदै फिल्मीकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते ११:३०

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई अगाडि लगाउँदै चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्षहरु यतिबेला विभिन्न दलका शिर्ष नेताको घरमा पुगिरहेका छन् ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, महासचिव अशोक शर्मा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतको टोली चलचित्र क्षेत्रको बिषयमा जानकारी गराउँदै नेताको घर दैलोमा पुगिरहेका छन् ।

उनीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घरमा पुगेर चलचित्र क्षेत्रको समस्याको जानकारी गराए । प्रचण्डले पनि सधै झै आफूले सकेको सहयोग गर्ने आश्वासन दिए । प्रचण्डलाई भेटेको केही दिनमै चलचित्रकर्मीको टोलीले नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग पनि भेट गरे । ओलीले पनि आफूले सरकारसँग यो बिषयमा कुरा गर्ने आश्वासन दिए ।

आश्वासनले नै फुरुङ्ग परेका चलचित्रकर्मीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने तयारी गरेका छन् । चलचित्रकर्मीहरु नेताको घर दैलोमा पुगेको धेरै चलचित्रकर्मीलाई भने चित्त वुझेको छैन । किनकी, सरकारले होस् या कुनै पनि राजनीति दलका नेताले नै किन नहोस्, चलचित्रकर्मीको मागमा आश्वासन दिने बाहेक अरु काम गरेका छैनन् ।

कुनै दल सरकारमा हुँदा वा नहुँदा पनि चलचित्र क्षेत्रलाई उचित सम्मान र सम्बोधन गरेको इतिहास खासै छैन । यस्तो अवस्थामा चलचित्रकर्मीको नेताको घर दैलो अभियानले खासै अर्थ नराख्ने वुझाई धेरैको छ । तर, दशैंबाट चलचित्र क्षेत्रलाई अगाडि बढाउन लागिपरेका चलचित्रकर्मीका नेताहरु भने नेताको आश्वासनले मख्ख छन् । के नेताको घर दैलो अभियानले चलचित्र क्षेत्रलाई फाइदा होला वा आश्वासनमै सिमित होला, प्रतिक्षा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?