+
+

पर्साका ६ स्थानमा बीओपी स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १९:३९

४ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साका ६ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । नवनिर्मित बीओपी भवनको सोमबार छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरे ।

ठोरी गाउँपालिका–२ राइधारा परिसरमा निर्माण भएको बीओपी भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध नभई विकास नहुने बताए । सीमा क्षेत्रमा ५ सय बीओपी स्थापना गर्ने सरकारको लक्ष्य अनुसार पर्साका विभिन्न ६ स्थानमा भवन निर्माण भएको उनले जानकारी दिए ।

सोमबार पर्साको ठोरी–२ भन्सार, ठोरी–३ ब्रहम नगर, ठोरी–५ सुवर्णपुर, भिस्वा, पकामैनपुर र अमरपट्टी गरी ६ स्थानमा सशस्त्र प्रहरीको नवनिर्मित बीओपी भवनको उद्घाटन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?