
५ असोज, काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा बहुमत हात पारेको छ ।
यद्यपि अघिल्लो निर्वाचनको तुलनामा समर्थनमा भने कमी आएको छ । निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको विपक्षीको आरोप पनि रुसको निर्वाचन आयोगले खारेज गरेको छ ।
संसदीय निर्वाचनमा सबैजसो मतगणना सकिएको । यो क्रममा युनाइटेड रसिया पार्टीले करिब ५० प्रतिशत मत हासिल गरेको छ । गत निर्वाचनमा यो पार्टीले ५४ प्रतिशत मत पाएको थियो ।
राष्ट्रपति पुटिनका कट्टर आलोचकले यो निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा दोस्रो हुने कम्युनिष्ट पार्टीले करिब १९ प्रतिशत भोट पाएको छ । कम्युनिष्ट पार्टीको मत आठ प्रतिशतले बढेको हो ।
अधिकारीहरुले मुलुकमा ४५० भन्दा धेरै सिट जितेको पुटिनको पार्टीले दुई तिहाइ बहुमतभन्दा धेरै मत पाउने बताएका छन् । रुसको निर्वाचनमा हुने गरेको कुनै पनि राजनीतिक समीकरणले पनि पुटिनको पार्टीलाई हराउन सकेको छैन ।
रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले पुटिनमाथि लगाएको भ्रष्टाचारको आरोपको कारण पुटिनको लोकप्रियतामा कमी आएको देखिएको हो । यद्यपि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको डटेर सामना गरेको भन्दै अझै पनि धेरै मानिसहरु पुटिनको पक्षमा छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4