+
+

बर्लिन म्याराथनमा भाग लिन गोपीचन्द्र आज राति जर्मनी प्रस्थान गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १५:४२

५ असोज, काठमाडौं । विश्व चर्चित म्याराथन मध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउन गोपीचन्द्र पार्की मंगलबार जर्मनी प्रस्थान गर्दैछन् ।

सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि गोपीचन्द्र मंगलबार राति ८:४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्नेछन् । गोपीसँगै प्रशिक्षक सन्तोष श्रेष्ठ पनि जानेछन् ।उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाइ गरे । टोलीको हवाई टिकट राखेपले व्यवस्था गरिदिएको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता गोपीचन्द्रको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।

यसैबीच नेपालगञ्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि गोपीचन्द्र र प्रशिक्षक श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गर्‍यो । त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले गोपीचन्द्रलाई मायाको चिनो स्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो भने श्रेष्ठलाई पनि टिसर्ट प्रदान गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?