+
+

आयकर विभागले छापा मार्दैमा मेरो काम रोकिदैनः सोनु सुद

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १५:४६

कोरोनाको समयमा आम मानिसहरुको मद्दत गरेर चर्चामा आएका बलिउड कलाकार सोनु सुदको घर तथा अफिसमा आयकर विभागले केही दिन अगाडि छापा मार्यो । आयकर विभागका कर्मचारीले सोनुको घरमा सोधपुछ मात्र गरेको बताएका छन् । तर, सोनुले भने आयकर विभागले छापा मारेको बताइरहेका छन् ।

सोनुले भारतीय मिडियासँग कुरा गर्दै यो कारवाहीले आफ्नो काम गर्ने शैलीमा कुनै परिवर्तन नआउने बताएका छन् । उनले भनेका छन्–‘आज पनि मानिसहरु मेरो घरको तल आएर सहयोगको आग्रह गरिरहेका छन् । मानिसहरु हिजो पनि आएका थिए र भोली पनि आउनेछन् । आयकर विभागले आफ्नो काम गरेको छ, म आफ्नो काम गरिरहन्छु । यो काम रोकिनका लागि सुरु गरिएको नै होइन । यो त सुरुवात मात्र हो । लामो यात्रा गर्नुछ र मानिसहरुको आर्शिवादले सबै कुरा ठिक हुनेछ ।’

सोनुले आफ्नो फाउन्डेशनले निक्कै राम्रो काम गरिरहेको पनि बताएका छन् । उनले भने–‘कैयौं मानिसहरुको अझै सर्जरी गर्न बाँकी छ । धेरै विद्यार्थीलाई पढाउनुछ । फाउन्डेशनले पहिले पनि राम्रो काम गरेको थियो र अब पनि गर्नेछ ।’

सोनुले आयकर विभागले आफ्नो घरमा छापा मार्दा ५३ हजार नपढिएको मेल आफूसँग रहेको पनि बताएका छन् । यस्तै, नपढिएका ८ हजार सन्देश पनि आफ्नो साथमा रहेको उनले सुनाए । ५ दिनमा करिब २ लाख मानिसहरुले सहयोगका लागि आग्रह गर्ने सोनुको भनाई छ । सबैलाई मद्दत गर्न सम्भव नभएपनि आफूहरुले कोशिश भने गरिरहने उनको भनाई छ ।

सोनुले, मानिसहरुले गरेको विश्वासमा कहिले पनि पछि नपर्ने स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?