+
+

फोनपे डाइरेक्टबाट १० रुपैयाँमै कुनै पनि बैंकमा २ लाखसम्म पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १७:५४

काठमाडौं । फोनपे डाइरेक्टमार्फत १० रुपैयाँ शुल्क तिरेर कुनै पनि बैंकमा २ लाख रुपैयाँसम्म पठाउन सकिने भएको छ । फोनपे डाइरेक्ट मार्फत रू. १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा १० रुपैयाँ मात्र शुल्क लाग्ने छ । यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो ।

यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क भएको कम्पनीको दावी छ । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठूलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेण्ड मनि अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?