+

नवौं राष्ट्रिय खेलकुद फागुनमा गर्ने तयारी गर्दैछौं : सदस्य सचिव सिलवाल

२०७८ असोज  ५ गते १८:११ २०७८ असोज ५ गते १८:११
नवौं राष्ट्रिय खेलकुद फागुनमा गर्ने तयारी गर्दैछौं : सदस्य सचिव  सिलवाल

५ असोज, काठमाडौं। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा आयोजना गर्ने तयारी भइरहेको बताएका छन् ।

क्रिएटिभ ह्याण्ड्सले बर्लिन म्याराथनमा भाग लिन जान लागेका गोपीचन्द्र पार्कीलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा सदस्यसचिव सिलवालले फागुनमा नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि प्रस्ताव गरेको बताए । ‘हामीले फागुन ६ देखि १६ गतेसम्म आयोजना गर्ने गरी प्रस्ताव गरेका छौँ।’ उनले भने।

नवौं राष्ट्रिय खेलकद गण्डकी प्रदेशले आयोजना गर्दैछ । २०७५/७६ मा नेपालगञ्‍जमा आठौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो । त्यसैको समापनको क्रममा २०७७ फागुनमा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।

२०७७ कै फागुन २० देखि २७ गतेसम्म नवौं राष्ट्रिय आयोजनाको घोषणा भएको थियो । तर कोरोना महामारीका कारण तोकिएको समयमा नवौं राष्ट्रिय खेलकुद हुन सकेन ।

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा अधिकांश खेलको पूर्वाधार रहेपनि पौडी र सुटिङ रेन्जकोको पूर्वाधार भने बनेको छैन । राखेप सदस्य सचिव सिलवालले पूर्वाधारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नरोकिने बताएका थिए ।

उनले भने, ‘कोरोनाका कारण पूर्वाधार निर्माणको काम पनि निरन्तर हुन सकेको छैन । नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति राखेपको बोर्ड बैठकले तोक्ने गर्छ । तर युवा तथा खेलकुद मन्त्री नभएका कारण अहिले खेपको बोर्ड बैठक बस्न सकेको छैन ।’

सदस्य सचिव सिलवालले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई आगामी मार्चमा पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा राख्ने समेत बताए ।

राष्ट्रिय खेलकुद परिषद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय