+
+

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १८:४७

५ असोज, काठमाडौं । प्रहरीले विदेशी मुद्रासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छत्रकोट गाउपालिका-४ का ३९ वर्षीय तुल्सिराम कँडेल रहेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिन नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट साउदी रियाल ५० हजार, दुबई दिराम ३८० र नेपाली रुपैयाँ १६ हजार ४ सय रुपैयाँ बरामद गरेको छ ।

यस्तै सोही गाउँपालिकाका ३८ वर्षीय केशवराज कँडेललाई अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको एरियाबाट पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?