+
+

इएफएल कप : म्यानचेष्टर सिटी र लिभरपुल अन्तिम १६ मा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ८:१२

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी र लिभपुरल इंग्लिस फुटबल लिग (इएफएल) कपको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको तेस्रो चरणको खेलमा साविक विजेता सिटीले वाइकोम्बे वन्डर्सलाई ६-१ को फराकिलो अन्तरले हरायो ।

एक गोलले पछि परेको स्थिति उल्टाएर सिटीले पुनरागमन जित हात पारेको हो ।

सिटीका लागि रियाद महारेजले दुई गोल गरे भने केभिन डे बुरएना, फिल फोडेन, फेरान टोरेस र कोल पाल्मरले एक एक गोल गरे ।वाइमोम्बेका लागि ब्रान्डन हानलानले सुरुआती गोल गरेका थिए ।

यस्तै अर्को खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० ले हरायो । लिभरपुलका लागि ताकुमी मिनामिनोले दुई तथा डिभोक ओरिगीले एक गोल गरे ।

प्रिमियर लिगकै एभरटन भने क्विन पार्क रेन्जर्ससँग पेनाल्टी सुटआउटमा ८-७ ले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?