+
+

बिमाको क्षेत्रमा योगदान गरेकोमा अमेरिकामा १० नेपालीले पाए अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १२:५०

६ असोज, काठमाडौं । अमेरिकामा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड पाएका छन् ।

अमेरिकाको लसभेगासमा आयोजित कार्यक्रममा करिब पाँच हजार बिमा अभिकर्ताहरुकाबीच विभिन्‍न फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन् ।

बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फाइनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो । बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गर्नेमा विभिन्न राज्यबाट रहेका छन्।

नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला रहेका छन् । करिब २० विधामा १५० बढीले अवार्ड पाएका छन् ।

अमेरिकामा नेपाली समुदायले कसैको मृत्यु हुँदा समेतमा गो फण्ड खोल्नुभन्दा सानो तिनो प्रिमियम तिरेर आफ्नो र परिवारका लागि सहज बनाउन उत्तम हुने र सोही कुराको हाम्रो समुदायमा बुझाउन सकिएकाले अवार्ड प्राप्त गर्न सफल भएको अवार्ड पाउने मध्येका एक गगन केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?