+
+

सुध्रियो आकाश–मिलनको सम्बन्ध, भिडियो सुटिङका लागि पुगे सिक्किम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १३:५८

चलचित्र ‘विर विक्रम २’मा निर्देशक मिलन चाम्सले नायकद्धय आकाश श्रेष्ठ र नाजिर हुसेनको साथमा नायिका वर्षा सिवाकोटीलाई शुभसाइत गरे । चलचित्रको शुभसाइत भव्य तरिकाले भएको केही दिनपछि आकाशले यो चलचित्र छाडे । आकाशले चलचित्र छाडेपछि नायक पल शाहले चलचित्रमा काम गरे ।

शुभसाइत गरिसकेको चलचित्र छाडेपछि आकाश र मिलको सम्बन्ध बिग्रियो । आकाशले यो चलचित्र छाडेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’लाई समय दिए । यो चलचित्र छायांकनका लागि करिब २ महिना आकाश बेलायत बसे । सो समयमा आकाशले जे ती बहाना बनाएपनि उनले ‘विर विक्रम २’ छाड्नुको मुख्यकारण नै ‘सम्हालिन्छ कहिले मन’मा काम गर्नु थियो ।

यो चलचित्रमा आकाशले साथ नदिएपछि मिलनले उनलाई लिएर भिडियो पनि निर्देशन गरेका थिएनन् । तर, अब भने आकाश र मिलनको सम्बन्ध सुध्रिएको प्रष्ट देखिएको छ ।

गायक रवि गहतराजको स्वरमा समावेश एक गीतको छायांकनका लागि मिलन नायक आकाशको साथमा सिक्किम पुगेका छन् । सिक्किमको सम्पूर्ण व्यवस्थापन निर्माता राजेश घतानीले मिलाउनेछन् । यो भिडियोमा आकाश आर्मीको भूमिकामा देखिनेछन् । सिक्किमका रमणीय स्थानलाई समेत भिडियोमा कैद गर्ने मिलनले जानकारी दिए ।

आकाशसँग सम्बन्ध सुधारेका मिलनको नायक पल शाह र नायिका वर्षा सिवाकोटीसँग भने सम्बन्ध विग्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?