
६ असोज, काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेरुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ ।
साँझ साढे पाँच बजे सुरु भएको बैंठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।
मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।
बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले बताएको छ । गएको २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद ६ सदस्यीय मात्र छ । अझै १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेका छन् ।
प्रतिक्रिया 4