+
+

दशैंको अवसरमा टाटा मोटर्सको ‘शुभकामना सर्भिस क्याम्प’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १९:३२

काठमाडौं । टाटा मोटर्सले दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘शुभकामना सर्भिस क्याम्प’ योजना ल्याएको छ । यो योजना असोज ४ गते देखि असोज २० गतेसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई लक्षित गरी सिप्रदीका ५२ वटा सर्भिस सेन्टरहरुमा एकैसाथ यो योजना सञ्चालित छन् ।

उक्त अवधिमा टाटा कमर्सियल गाडीका ग्राहकहरुले टाटा जेन्युइन स्पेयर पार्टसमा १० प्रतिशत, ब्रेक आइटममा १५ प्रतिशत, ल्युब्रिकेन्ट्समा १५ प्रतिशत छुट पाउने छन् । साथै अन्य ल्युब्रिकेन्ट्सहरुमा हाइड्रोलिक आयल, ब्रेक आयल, कल्च आयल, कुलेन्ट तथा डीईएफमा २० प्रतिशत र एक्साइड ब्याट्रीमा २० प्रतिशत छुटको साथमा एक्सचेन्ज सुविधा शुभकामना सर्भिस क्याम्पको आकर्षण रहेको कम्पनीले जनाएको छ ।

यसका साथै यो क्याम्पमा टाटा गाडीसम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा भाग्यशाली ग्राहकहरुले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टीभी, फ्रीज, वासिङ मेसिन आदि जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?