+
+

कमेडी सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु, पहिलो भागमा टिकटकको कथा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १९:४६

हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु गरिएको छ । यो सिरियलको पहिलो भाग बुधबार आमा अग्नीकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रशारण भएकोे छ । अब, हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रशारण हुने निर्माता नहकुल भट्टराइले जानकारी दिए ।

दिलिप तामाङ्ग ‘हुरहुर’को निर्देशनमा तयार भएको यो सिरियललाई गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको हो । केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ ।

सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सेना हुन् । राहुल राइले छायांकन गरेको सिरियलको पहिलो भागमा विशेषगरि टिकटकले बदलेको मानिसको जीवनशैलीलाई देखाइएको छ ।

योे सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापाको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?