+
+

अमलेखगञ्जमा पानी पुर्‍याउँछु : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १९:४६

७ असोज, वीरगञ्ज । प्रदेश २ को खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले बाराको अमलेखगञ्जबासीलाई जसरी भएपनि पिउने पानीको बन्दोबस्त गर्ने बताएका छन् ।

वीरगञ्जमा बिहीबार प्रदेश सांसदसँगको अन्र्तक्रियामा उनले पोखरिया जीतपुरबाट अमलेखगजमा पानी लैजाने बन्दोबस्त गर्ने बताए ।

‘मोतिहारीबाट पेट्रोल ल्याउन सकिन्छ भने पोखरिया जीतपुरबाट अमलेखगञ्ज पानी पु¥याउन किन सकिदैन ?’ उनले भने ‘पाइप बिच्छ्याउन सडक र वन विभागसँग अनुमति लिनुपर्ने रहेछ । त्यसबारेमा छलफल भइरहेको छ ।

मन्त्री शर्माले प्रदेशका सबै विद्यालयमा सोलार जडान गर्ने बताए । अन्तर्क्रियामा पूर्व भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले मानविय र भौतिक विकासको सन्तुलन मिलाएर विकासको काम अघि बढाउनुपर्ने बताए ।

प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा व्यापक भ्रष्टाचार भएको बताए । उनले छोरी विमा योजना पनि नारामा मात्रै सीमित भएको आरोप लगाए ।

प्रदेश सभा सदस्य करिमा बेगमले जनता आवास कार्यक्रम मार्फत प्रदेशका सबै विपन्न नागरिकको घर बन्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?