+
+

कांग्रेसमा फेरि महाधिवेशन सार्ने प्रयास, पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते २१:२५

७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।

बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २० वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । अन्यत्र दशैंतिहारको बीचमा हुनेछ ।

देउवा निकट महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ (२४ कात्तिक) पछाडि गर्ने प्रस्ताव राखेका छन् । यो भनेको मंसिरको पहिलो सातातिर हुनेछ । जबकी पूर्व निर्धारित कार्यतालिकाअनुसार मंसिर ९ मा केन्द्रीय महाधिवेशन उद्घाटन हुनुपर्ने हुन्छ ।

त्यसैले महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् । ‘मंसिरको सट्टा पुसमा महाधिवेशन गर्ने प्रस्ताव आएको छ,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘यसबारे अहिले कुनै निर्णय भएको छैन ।’

जबकी कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो । पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै गुजि्रसक्यो । केन्द्रीय महाधिवेशन गर्न नसकेपछि उसले १८ भदौमा वडा अधिवेशन सुरु गरेर त्यही जानकारी निर्वाचन आयोगलाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?